खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्छ : मन्त्री साह

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : २१


कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छन।

शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भुउपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताएकी हुन।

उनले कृषिको सबैथोकमा छिट्टै आत्मनिर्भर हुनुपर्ने पनि बताइन्। भुउपयोग नीति लागु गर्दा खेतियोग्य भुमि शहरीकरण हुन रोकिने बताइन्।

मन्त्री साहले किसानलाई सुचिकृत गरी राज्यको तर्फबाट दिइनुपर्ने सेवा सुविधा दिन मन्त्रालय चिन्तित रहेको पनि बताइन्।

उनले भनिन्–‘हाम्रो किसानहरुको सुचिकृत कहिलेसम्म गर्ने र कहिलेसम्म व्यवहारत्ः राज्यको तर्फबाट सुविधा पाउनुपर्ने। त्यो कहिलेसम्म मिलाउन सकिने हो। हामी सबै चिन्तित छौँ र मेहनतको साथअघि बढीरहेको अवस्था छ। चुनौती पनि उत्तिकै छ। भुउपयोगको नीति नीतिगत रुपमा लागु भएको छ। भुउपयोग नीति सायद कृषिकै हितमा पनि हुनेछ। आम किसानकै हितमा हुनेछ भन्ने मलाई विश्वास छ। भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर जाने हो भने सायद जग्गाहरु खण्डीकरण गरेर शहरीकरण गर्ने काम भइरहेको छ यसलाई रोक्नुपर्छ। यसलाई व्यवहारत्ः कडाइका साथ भुउपयोग नीति सँगसँगै कृषिमा जोड दिन अगाडी बढ्नु जरुरी छ।’

मन्त्री साहले बेरोजगार युवाहरुलाई विदेश जानबाट रोक्नका लागि कृषिमा क्रान्ति ल्याउनुपर्ने बताइन्। कृषि क्रान्तिको लागि कुनै कसर बाँकी राख्नुनहुने उनले बताइन्।

उनले भनिन्–‘लाखौँ युवाहरु जो बेरोजगार भएर बसेर बाध्य भएर बाहिर गएका छन्। त्यसलाई रोक्नको लागि पनि कृषिमा क्रान्ति ल्याउनु जरुरी छ।’

उनले माटोको परिक्षण गर्नका लागि ‘सोयल हेल्थ कार्ड’ को व्यवस्था गर्नु जरुरी रहेको बताइन्।

सोयल हेल्थ कार्डको व्यवस्था गर्न सके कस्तो खालको माटो छ र त्यस अनुसार मलको प्रयोग गर्न सकिने उनको भनाई छ। मन्त्री साहले कृषि मन्त्रालयले दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन्।


प्रतिक्रिया दिनुहोस्