गृहमन्त्री सहित सुरक्षा निकाय प्रमुखसँग राष्ट्रपतिको भेटवार्ता

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ४९


राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री सहित सबै सुरक्षा निकायका प्रमुखसँग भेटवार्ता गरेकी छन्।

राष्ट्रपति भवन शितल निवासमै बोलाएर राष्ट्रपति भण्डारीले आज दिउसो बोलाएर गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन।

भेटमा गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागि रहेको बताइएको छ।

छलफल के बारे भयो भन्नेबारे राष्ट्रपति कार्यालयले औपचारिक जानकारी दिएको छैन।

पछिल्लो समय देशका विभिन्न स्थानमा बाढी पहिरोको बितण्डाका खबर आईरहँदा विपद् व्यवस्थाबारे राष्ट्रपतिले छलफल गरेको हुनसक्ने आँकलन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्