संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  २ : ४७


काठमाडौं । शताब्दी पुरूष डा.सत्‍यमोहन जोशीले अस्पतालबाट डिस्चार्ज भएका छन्।

श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडी भएपछि संस्कृतिविद् जोशीलाई जेठ २६ गते ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

१०२ वर्षीय जोशीको स्वास्थ्य अवस्था सामान्य बनेपछि चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको छ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल डा. जोशी ज्‍यूको स्वास्थ्यमा सुधार भइ उहाँ हिड्‌डुल गर्न सक्‍नु हुनु भएको छ। अस्पतालको बसाइको क्रममा उहाँको खानपिन सामान्‍य नै रहेको थियो। पल्मोनोलोजी कार्डिक तथा जेरियटिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको कुरा जानकारी भएकाले चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ।’


प्रतिक्रिया दिनुहोस्