मोदी विश्वकै लोकप्रिय नेताको सूचीमा पहिलो नम्बरमा!

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  २ : ३५


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा रहेको एक अध्ययनले देखाएको छ।

अमेरिकाको डेटा इन्टिलेजेन्स फर्म मर्निङ कन्सल्टले आफ्नो सर्भे सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदी विश्व नेताहरुमा पहिलो स्थानमा रहेको बताएको हो।

मोदीको अप्रुभल रेटिङ १०० मा ६६ प्रतिशत छ। दोस्रो नम्बरमा इटालीका प्रधानमन्त्री छन् भने तेस्रो नम्बरमा मेक्सिकन राष्ट्रपति छन्।

यस्तै, अमेरिकी राष्ट्रपति रहेका जो बाइडेन ६ नम्बरमा परेका छन।

हालै मोदीले १८ बर्षमाथिका सबै नागरिकलाई निशुल्क कोरोना खोप लगाउने घोषणा गरेसँगै उनको लोकप्रियता उकालो लागेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्