मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिदै

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १० : ३०


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिदैछन । विश्वासको मत प्रायोजनका लागी शुक्रवार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

४ दलको गठबन्धनबाट २९ गते मुख्यमन्त्रीमा पोखरेल नियुक्त भएका पोखरेलले  मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन ।

विश्वासको मत लिए पछि मात्र मन्त्रीमण्डल बिस्तार गर्ने भन्दै पोखरेलले बजेट माथिको छलफल समेत त्यसपछि गर्ने जनाएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस्