राप्तीमा बाढी आए दश हजार घरपरिवार प्रभावित हुने

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ०२


बाँके । यस वर्ष राप्तीमा बाढी आएमा दश हजार घरपरिवार प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वानुमान गरेको छ।

ठूलो पानी पर्दा बाँकेको राप्ती नदीमा बाढी आउने गर्छ।

विपद्बाट २५ हजार घर परिवारका एक लाख ५० हजार मानिसहरु प्रभावित हुने पूर्वानुमान गरेको समितिले बाढीबाट दश हजार घरका ५० हजार मानिस प्रभावित हुने जनाएको छ।

भारतले राप्ती नदीमा एकतर्फी बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँधका कारण राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुवानमा पर्ने गरेका छन्।

बाँकेको प्रमुख जिल्ला अधिकारी शिव गेलालेले मनसुन सुरु भइसकेको अवस्थामा बाढीजन्य विपद्को खोज तथा उद्धारमा प्रयोग हुने सामग्रीको प्रयोग गरी डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा सबै सुरक्षा निकाय, पालिका र रेडक्रसको सहभागितामा प्रतिकार्य अभ्यास गरिएको बताए। रासस


प्रतिक्रिया दिनुहोस्