शान्ति सेनामा योगदान गर्ने देशहरुमा नेपाल तेस्रो स्थानमा पर्न सफल

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ७ : ५०


काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सुचिमा तेस्रो स्थानमा पर्न सफल भएको छ।

सैनिक प्रवक्ता सन्तोषबल्लव पौडेलका अनुसार राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सुचिमा नेपाल तेस्रो स्थानमा पुगेको हो।

नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाका ५ हजार ६ सय ८६ जना सुरक्षाकर्मी शान्ति स्थापनार्थ अहिले विभिन्न देशमा खटिरहेका छन्। यसअघि नेपाल छैटौं स्थानमा रहेको थियो।

शान्ति सेना योगदान गर्ने मुलुकको सुचीमा पहिलोमा वंगलादेश,दोस्रोमा इथियोपिया, त्यसपछि नेपाल,चौथोमा रुवान्डा, पांचौंमा भारत र छैटौंमा पाकिस्तान रहेका छन् ।

नेपाली सेनाले १० हजारसम्म फौंज शान्ति सेनामा पठाउन सक्ने जनाउंदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्