उपेन्द्र समूहद्वारा सरकारमा गएका नौ मन्त्रीलाई पार्टीबाट निष्कासन

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ६ : ११


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको महन्थ ठाकुर पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

बिहीबार बसेको उपेन्द्र–बाबुराम पक्षीय कार्यकारिणी समितिको बैठकले ओली सरकारमा गएका राजेन्द्र महतोसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको हो।

उनीहरूले पार्टी निर्णयविपरीत प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहयोग पुर्‍याएको आरोप लगाइएको छ।

यसैबीच, यादव र डा.भट्टराईले नेतृत्व गरेको समूहलाई पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगमा पुनः निवेदन दिने निर्णय गरिएको छ।

त्यस्तै, बैठकले बाढीपहिरोको उद्धारमा खट्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ। त्यस्तै, बाढीपहिरो पीडितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्