२,६०७ कोरोना संक्रमित थपिए, ३९ जनाको मृत्यु

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : ०५


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२४८४ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ५७० जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१३, ललितपुरमा १२१ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा २१४१ जना कोरोना संक्रमणमुक्त भएका छन।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्