नेप्सेमा आज सामान्य गिरावट, कारोबार रकम घट्यो

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ३ : ०६


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सामान्य गिरावट आएको छ। नेप्स परिसूचक आज १.२१ अंकले घटेर २९६८.४३ को बिन्दुमा पुगेको छ।

आज २०३६५६९९ कित्ता सेयर १० अर्ब ९० करोड बढी रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ। यसअघि हिजो नेप्सेमा १५ अर्ब बढीको कारोबार भएको थियो।

नेप्सेमा सूचिकृत कूल २२३ कम्पनीको सेयर किनबेच भएको हो।

यी हुन आज धेरै कमाउने १० कम्पनी

आज बैंकिङ १०, ब्यापार १४, जलविद्युत २, उत्पादन ११ र माइक्रोफाइनान्स ६४ अंकले घट्यो।

त्यस्तै होटल तथा पर्यटन ३६, विकास बैंक ९४, फाइनान्स ३३, निर्जीवन बीमा ५२, अन्य २६ र जीवन बीमा १५ अंकले बढेको छ।

यस दिन खानीखोल हाइड्रोको मूल्य ६ प्रतिशतले बढेको छ। त्यस्तै नेपाल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक र सोल्टी होटलको मूल्य ५ प्रतिशतले बढ्यो।


प्रतिक्रिया दिनुहोस्