मेलम्चीमा हराएका कामदारमध्ये थप २ जनाको शव फेला

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  २ : ५३


काठमाडौं । मेलम्चीमा बाढीपछि बेपत्ता भएका ८कामदारमध्ये थप २ जनाको शव फेला परेको छ।

उनीहरु दुवै जना चिनियाँ नागरिक हुन। बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको प्रहरीले जनाएको छ।

उनीहरुमध्ये यु ची झुको शव आज बिहान सिन्धुलीको खोलामा भेटिएको र गोगको मेलम्ची दोभानभन्दा केही तल फेला परेको उनले जानकारी दिए ।

उनीहरु दुवै चिनियाँ कम्पनी सिनो हाइड्रोका कामदार रहेको पुष्टी भएको छ। उनीहरुको साथमा भटिएको परिचयपत्रको आधारमा पहिचान खुलेको हो।

बाढीपछि बेपत्ता बनेका ७८ कामदारको उद्धार गरिएको थियो भने थप ६ जना अझै हराईरहेका छन।


प्रतिक्रिया दिनुहोस्