ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्की दिएकोमा महासंघको विरोध

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ०२


काठमाडौं । नेपाल पत्रकार महासंघले अभियन्ता बताउँने ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्की दिएकामा विरोध जनाएको छ।

समाचारको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्क्याएको भन्दै महासंघले विरोध जनाएको हो।

केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको थियो।

सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको ‘वाइलाइन’ कार्यक्रम अन्तर्गत समाचार सामग्री प्रसारण भएपछि शाहीले असार १ गते आफूहरुलाई धम्क्याएको पीडित पत्रकारले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्