जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ०४


बाँके । बर्दियाको बाँसगढी नगरपालिका–८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ।

च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो।

मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बासँगढी नगररपालिकाका प्रमुख शालीकराम सापकोटासहितको टोली घटनास्थल जाने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्