एपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री खनालको उपचार सुरु

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ३७


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले सामाजिक सञ्जाल मार्फत नेता खनालको उपचार सुरु भएको बताएका छन्।

राजदूत निलाम्बर आचार्यले खनालको उपचार प्रक्रिया अघि बढेको सामाजिक सञ्‍जालमा जानकारी दिएका छन्।

‘उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो’, उनले ट्विटमा लेखेका छन, ‘उहाँको शीघ्र सफल उपचारको विश्‍वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ।’

नेता खनाललाई बुधबार साढे १२ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली लगिएको हो ।

लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई दुई दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्