रातभर खोलामा फसेका सात जनाको उद्धार

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : २३


लमजुङमा रातभरि खोलामा फसेका सात जनाको उद्धार गरिएको छ।

मिदिम खोलाको बाढी बढेपछि रातभरि खोलामा फसेका मध्यनेपाल नगरपालिका—७ रातामाताका सात जनालाई आज दिउँसो डोजरको सहायताबाट उद्धार गरिएको हो।

उद्धार गरिएकाहरुमा लक्ष्मी परियार, पुष्पा परियार, रतिमाया परियार, आइतबहादुर परियार, कृष्ण परियार, सन्दिप परियार र अर्जुन परियार रहेका छन्।

मङ्गलबार दिउँसो खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि आउन नसकेर रातभर खोलाको बीचमै रोकिएका थिए।

नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले भने, “खोलामा पानी घटेको छैन, खोलाको केही पानी अन्यत्र लगाएर डोजरमार्फत उद्धार गर्यौँ।” खोलाले सो क्षेत्रका खेतहरु धेरै बगाएको छ। नगरप्रमुख पाण्डेले नगरवासीलाई सुरक्षितसँग बस्न आग्रह गरेका छन।


प्रतिक्रिया दिनुहोस्