चितवनमा असार १० गतेसम्म थपियो निषेधाज्ञा

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ०१


भरतपुर । चितवनमा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरि निषेधाज्ञा थप गरेको हो।

कोरोना संक्रमणको दर घट्दै गएपनि जोखिम नघटेको भन्दै निषेधाज्ञा थप गरिएको हो।

थपिएको निषेधाज्ञामा कुनै पनि क्षेत्रलाई खुकुलो पारिएको छैन।

खाद्यान्न, तरकारी तथा फलफूल, दुध, डेरी, माछा/मासु विक्री गर्ने पसल, अण्डा, चल्ला, दाना, एग्रोभेट, खाना पकाउने ग्यास र निर्माण सामग्री विक्री गर्ने पसलहरू दैनिक बिहान ६ देखि १० बजेसम्म मात्रै सञ्चालन हुन पाउने छन्।


प्रतिक्रिया दिनुहोस्