मेलम्चीको बाढीमा बेपत्ता ७ जनाको शव भेटियो

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ४३


काठमाडौं । मेलम्ची नदीको बाढीमा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भेटिएका ७ शवमध्ये ६ जनाको पहिचान खुलेको छ।

नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ।

हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु उद्धार गरिएको छ।

मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो। केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन्।

बाढीले दर्जनौं पुलहरु बगाएको छ।


प्रतिक्रिया दिनुहोस्