देशै भरी मनसुनी वायुको प्रभाव : चार प्रदेशमा पहिरो तथा गेग्रान बहावको जोखिम , सचेत रहन आग्रह !

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ४०


हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने देशका विभिन्न स्थानमा बढी पहिरोले जनधनको क्षति पुर्‍याएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा चार प्रदेशमा थप सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसै गरी रती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै विभागले देशका अधिकांश स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही भू-भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्