पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिंदै

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ५४


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिंदै छ ।

आज दिउसो दिल्ली लैजान लागिएका खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

ज्वरो आए पछि सोमबार बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई रगतमा होमोग्लोबीनको मात्रा कम भएको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्