पहिलो हाफमा जर्मनीका बिरुद्ध फ्रन्सको एक गोल

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ३९


युरोकपको जारी जर्मनी बिरुद्ध फ्रान्सको खेलको पहिलो हाफमा फ्रन्सले जर्मनीका बिरुद्ध एक गोल गरेको छ । जर्मनीको आत्मघाती गोलले गर्दा फ्रान्सलाई एक गोल मिलेको हो ।

पहिलो चरणको आज अन्तिम दिन युरो कपका सर्वाधिक शक्तिशाली मानिएका दुई टिम भिड्दै छन् । दुवै विश्व विजेता टिमको बिचमा हुने आजको खेल बहुप्रतिक्षित खेल हो ।

पछिल्ला प्रतिस्पर्धाहरूमा फ्रान्सले लगातार जर्मनीलाई जित्दै आएको छ ।तीन पटक हारको सामना गरेको जर्मनीले दुई पटक भने फ्रान्सलाई बराबरीमा रोकेको थियो ।

बेन्जामा,किलिएन एमबाप्पे, एन्टोनी ग्रीजमन जस्ता फरवार्ड र मिडफिल्डमा एन गोलो कान्टे, पउल पोग्वा, एड्रिओन रावओट जस्ता खेलाडी फ्रान्स सँग छन । डिफेन्समा राफेल भरान बेन्जामिन पाभार्ड, लुकास हर्नान्डेज र प्रेसनेल किम्बेम्पे जस्ता खेलाडी हुनेछन् भने कप्तान ह्युगो लोरिसले गोलपोष्ट सम्हाल्नेछन् ।

जर्मनी टिममा थोमस मुलर र माट हुमेल्स दुई वर्षपछि फर्किएका छन् भने टिमो वेर्नर, काऐ हाभार्ट, सर्ज जिनाब्री, लरेस साने, जोसुअ किम्मीक टोनी क्रुस र एल्के गुन्डागोन जस्ता खेलाडी मैदानमा उत्रिदै छन भने जर्मनीका कप्तान मानुएलले नै गोलपोस्ट सम्हाल्दै छन ।


प्रतिक्रिया दिनुहोस्