बाढीले सिन्धुपाल्चोकको पनौते र ग्यालथुम बजार डुबानमा

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ४८


काठमाडौं । लगातारको बर्षासँगै आएका बाढीले सिन्धुपाल्चोकको हेलम्बु स्थित पनौते र ग्यालथुम बजार डुबानमा।

बाढीका कारण सुरक्षा निकायका कार्यालय पनि डुबानमा परेका छन्।

बाढीपछि मेलम्ची तथा इन्द्रावती खोलाको बहाव उच्च बनेको छ। अविरल वर्षापछि बाढीले नदी आसपासका केही व्यक्ति, ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट बगाएको हुन सक्ने अनुमान गरिएको छ। क्षतिको विवरण आउन बाँकी छ।

उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलमा खटिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्