बर्षापछि खसेको पहिरोले ढोरपाटनका दुई परिवार विस्थापित

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : १२


बागलुङ । निरन्तरको वर्षापछि खसेको पहिराले घर जोखिममा पारेपछि ढोरपाटन नगरपालिका–९ नवीका दुई परिवार विस्थापनमा परेका छन्।

उनन्चालीस वर्षीय मीनबहादुर विक र ३३ वर्षीया मनरमा विकको घर पहिराको जोखिममा परेको हो।

घरभन्दा १० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरमा बस्न सक्ने स्थिति नभएपछि दुवै परिवारका सदस्यले छिमेकीकहाँ आश्रय लिएका छन्। पहिरा खसेपछि प्रहरी घटनास्थल पुगेको थियो।

वर्षात्का कारण ठाउँठाउँमा पहिरा खस्ने तथा जमीन भासिने भए पनि कुनै अप्रिय घटना भने अहिलेसम्म नभएको जिप्रकाका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए।

“वर्षा धेरै भएकाले बाढी, पहिराका घटना अझै बढ्न सक्छन्, सबै सजग हुनुपर्छ”, उनले भने।


प्रतिक्रिया दिनुहोस्