बाँस्कोटा भन्छन्, ‘एमाले फुटाउन प्रचण्ड देउवाले कोटेश्वरमा युरिया हाले’

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ३४


काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्व सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले एमाले ध्वस्त पार्न काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिपरेको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्री त्रय, देउवा, प्रचण्डले सोमबार माधव नेपालको कोटेश्वरस्थित निवासमा पुगेर छलफल गरेका थिए।

सो भेटवार्तालाई ‘एमाले ध्वस्त पार्ने’ षडयन्त्र भएको बाँस्कोटाले दाबी गरेका हुन्।

बाँस्कोटाले ट्विटमा लेखेका छन्, ‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन। तर पोटास र फस्फोरस थियो कि थिएन? अब कस्तो सप्रेला वा थप पहेँलिएला हेर्नु छ।’


प्रतिक्रिया दिनुहोस्