दुर्गा प्रसाईंको कलेजलाई सम्बन्धन दिनु खोज्नु दुर्भाग्य : पूर्वउपकुलपतिहरू

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ५०


काठमाडौं । सरकारले विवादास्पद व्यापारी दुर्गा प्रसाईंको झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बधन दिन प्रयाश गरिरहेको छ।

तर, चिकित्सा शिक्षा आयोगले अनुमति नदिँदा आयोगका अध्यक्ष र उपाध्यक्षबीच विवादनै सिर्जना भयो।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर धम्की दिएको आरोप समेत लागेको छ।

यसैबीच, पूर्वउपकुलपतिहरुले संयुक्त वक्तव्य जारी गर्दै दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिन खोज्नु ठूलो दुर्भाग्य हुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्