नेप्समा सामान्य गिरावट, १६ अर्बमाथिको कारोबार

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : ०४


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सामान्य करेक्सन देखएिको छ। नेप्से परिसूचक आज ३ अंकले घेटेको हो।

अघिल्लो दिन भन्दा ३.७१ अङ्क अर्थात् ०.१२ प्रतिशत घटेर नेप्से इन्डेक्स ३०२२.११ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा ३०६४.०७११ र कममा ३०१२.९५२५ पुगेको थियो।

आज ३०९४८८५३ कित्ता सेयर १६ अर्ब ५२ करोड ८७ लाख बढी रुपैयाँमा किनबेच भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२६ कम्पनीको सेयर किनबेच भएको हो।

यसदिन ३ कम्पनीको सेयर मूल्य भने सर्वाधिक १० प्रतिशतको हाराहारीमा बढेको छ।

 


प्रतिक्रिया दिनुहोस्