एमाले संसदीयदलका बैठकमा फ्लोरक्रस गरेका चार सदस्य अनुपस्थित !

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : ४८


नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली हुनुभएका प्रदेशसभाका चार सदस्य अनुपस्थित हुनुभएको छ । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुनुहुन्छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूची छ । आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उहाँहरुलाई पत्राचार गरिएको बताइएको छ ।

संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै सदस्य अनुपस्थित भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्