भारतीय सेनामा पहिलोपटक नेपाली महिलाका लागि भर्ना खुल्यो!

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ८ : ४४


काठमाडौं । भारतीय सेनामा पहिलोपटक नेपाली महिलाका लागि भर्ती खुलेको छ।

काठमाडौंस्थित भारतीय दूतावासले भारतीय सेनामा नेपाली महिलाको लागि पनि भर्ती खोलिएको जानकारी दिएको छ।

दूतावासको कल्याण्डकारी शाखाले अनलाइनबाट आवेदन दिन सकिने जनाएको छ।

न्यूनतम १० कक्षा पास गरेका १७ वर्ष ६ महिनादेखि २१ वर्षसम्म उमेर भएका महिलाले दरखास्त दिन सक्ने छन्।

‘वीर नारी’हरुको हकमा भने ३० वर्षसम्मको उमेरहद राखिएको छ।

भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरुलाई तौतमा २ केजीसम्म छुट र लिखित परीक्षामा २० अङ्कसम्मको बोनस जोडिने जनाइएको छ।

भर्तीका लागि छनोट र्‍याली भने भारतमा हुने छ। भारतको अम्बाल, लखनउ, जवलपुर, बेलगाव, पुने र शिलांगमा हुने सूचनामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्