बाँकेमा पहिलो पटक चैते धान उत्पादनमा सफलता

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ३ : २८


काठमाडौं । बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन।

बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेका छन्। उत्पादन देखेर गाँउका अन्य किसानहरु पनि अकार्षित भएका छन्।

पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरुले चिनिने गरेका छन्।

बर्दिका किसानहरु १ दशक अघि देखि चैते धान तर्फ अकार्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् । यो वर्ष भने बाँकेका किसानहरुले चैते धान फलाउन सफल भएका छन्।

राष्ट्रिय गौरवको अयोजनाले नहरमा पानी आउन थाले चैते धान लगाउन किसान उत्साही भएका थिए। नहरमा १२ महिना पानी आउन थाले पछि किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे।

चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परिक्षण सफल भएले अर्को बर्ष देखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताए।

यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञान बहादुर नेपालले पनि ११ कठ्ठा जमिनमा चैते धान फलाउन सफल भएका छन्।

किसान नेपालले असार पहिलो सातासम्म चैते धान थन्काएर बर्षे धान लगाउने तयारी गरेको बताए।

परीक्षणको रुपमा हल्दीनाथ– ३ र चैेते धान– ५ नामक धानको खेती गरेका छन्। लामो समयदेखि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाईको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाई हुने भन्दै चैते धानको खेती गर्ने बताए।

एकवर्षमै सुरुमा बर्षेधान, त्यसपछि हिउदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपालले बताए।

घर नजिकैको शाखा नहरमा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको नेपालले बताए।

उनले धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको बताए।

कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो बर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो।

धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निशुल्क परामर्श र मल बीउ समेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताए। अर्को बर्ष थप किसानहरुलाई चैते धान रोपाईको कार्यक्रम ल्याउने बताए।

अधिकृत, कृषि ज्ञान केन्द्र बाँके, नेपालगन्ज

किसानहरुले गर्मि हुने ठाँउमा चैते धान फलाएर अन्य किसानहरुलाई उत्पादनमा जोडिन हौसला दिएकाछन।

बाँकेमा चैते धान फल्ने खेतमा गँहु, मकै र तरकारीको खेती गर्ने चलन छ। सिक्टा सिंचाई आयोजनाको सिंचित हुने क्षेत्रमा धान उतपादन गरेर किसानहरुलाई बैकल्पिक उत्पादनको बाटो देखाएको छ।

आगामि बर्षमा किसानहरुलाई ज्ञान केन्द्रले चैते धान खेती गर्न चाहने किसानहरुलाई निशुल्क मल र धानको बिउ उपलब्ध गराए चैते धान लगाउने किसानहरुलाई थप हौशला पुग्ने छ।


प्रतिक्रिया दिनुहोस्