अक्सिजनको सपोर्टमा नेता खनालको उपचार

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ३ : १५


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी भएपछि अस्पताल भर्ना भएका छन्।

खनाललाई विगत एक हप्तादेखि ज्वरो आइरहेको थियो। ज्वरो निको नभएपछि र थकाई महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि खनाललाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो।

उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको छ। वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ।

उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ।

 

 


प्रतिक्रिया दिनुहोस्