सेयर बजारमा नयाँ रेकर्ड, आज १२ कम्पनीका लगानीकर्ताले धेरै कमाए

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ३ : ०६


काठमाडौं । नेपाली सेयर बजारले आज फेरि अर्को रेकर्ड कायम गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज झण्डै ४३ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेप्से इन्डेक्स ४२.७२ अङ्क अर्थात् १.४३ प्रतिशत बढेर ३०२५.८३ बिन्दुमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा ३०५१.०२३६ र कममा ३००९.१४५७ पुगेको थियो।

आज ३५०२७३६३ कित्ता सेयर १८ अर्ब ८८ करोड बढी रुपैयाँमा कारोबार भयो। नेप्सेमा सूचिकृत कूल २२१ कम्पनीको सेयर किनबेच भएको हो।

यसदिन सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका कम्पनीको मू्ल्य बढेको छ। सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै खोल्ने तयारी गरेपछि होटल समूहतर्फ लगानीकर्ता झुम्मिएका हुन।

आज १२ कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको हो । यी हुन आज धेरै कमाउने कम्पनी


प्रतिक्रिया दिनुहोस्