प्रधानमन्त्री ओली एक्लो छन्, रहन्छन् : गोकुल बाँस्कोटा

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  २ : ३४


काठमाडौं । नेकपा (एमाले) नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ५ पूर्वप्रधानमन्त्रीहरुको विज्ञप्तिको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको अराजकताका कारण देशमा विदेशी हस्तक्षेप हुनसक्ने भन्दै सजग हुनुपर्ने बताएका थिए।

प्रधानमन्त्री अ‍ोली निकट रहेका नेता बाँस्कोटाले पूर्वप्रधानमन्त्रीहरुको विज्ञप्ति केहि गर्न नसकेपछिको गनगन भएको टिप्पणी गरेका हुन।


प्रतिक्रिया दिनुहोस्