युरोकप २०२० : इंग्ल्यान्डको विजयी सुरुवात

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ९ : ०२


काठमाडौं । युरोकप फुटबलको समूह ‘डी’ अन्तरगतको पहिलो खेलमा इंग्ल्याण्ड विजयी भएको छ।

लण्डनस्थित वेम्बली स्टेडियममा आइतबार भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० गोलअन्तरले पराजित गरेको हो।

दोस्रो हाफको ५७ औं मिनेटमा रहिम स्र्टलिङले गोल गर्दै इंग्लिस टोलिलाई अग्रता दिलाएका थिए।

युरो इतिहासमा इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा जित निकालेको यो पहिलोपल्ट हो ।

जितसँगै इंग्ल्यान्ड ३ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा उक्लेको छ।


प्रतिक्रिया दिनुहोस्