सांसद वैद्य विरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ७ : २६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली विरुद्ध सदनमै आक्रोश पोखेका नेपाली काँग्रेस बागमित प्रदेशका सांसद नरोत्तम वैद्य विरुद्ध उजुरी परेको छ।

बैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आपराधिक दुरुत्साहनमा मुद्दा दर्ता गरिएको हो।

नेकपा एमालेको भातृ संगठन युवा संघका नेपाल मकवानपुरका जिल्ला सदस्य नवीन काफ्लेले जाहेरी दिएको आधारमा प्रहरीले मुद्दा दर्ता गरेको हो। मुलुकी फौज्दारी अपराध संहिता २०७४ को दफा ३५ (१) बमोजिम कारबाही गर्न जाहेरी परेको हो।

बागमति प्रदेशसभामा प्रधानमन्त्री केपी ओली विरुद्ध ज्यान मार्ने अभिव्यक्ति दिएको भन्दै उनको चर्को आलोचना भएपछि बैद्यले शनिबार सार्वजनिकरुपमा माफी मागेका थिए।


प्रतिक्रिया दिनुहोस्