जसपा विवादमा आयोगको फैसला : दुवै जना अध्यक्ष रहने, साविककै कमिटी कायम

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ६ : ४०


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादमा निर्वाचन आयोगले दुवै पक्षको निवेदन खारेज गरेको छ।

अध्यक्षद्धय उपेन्द्र यादव र महन्त ठाकुरले एक अर्को पक्षलाई कारवाहीका लागि आयोगमा पत्राचार गरेका थिए।

आइतबार फैसला सुनाउँदै निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको जनाएको छ।

निर्वाचन आयोगले दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला पनि सुनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको छ।

आयोगको फैसलामा भनिएको छ ‘एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन, ‘पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग वमोजिम..अद्यावधिक गर्न मिलेन।’

 


प्रतिक्रिया दिनुहोस्