सांसद बैद्यलाई कारबाही गर्न माग राख्दै गृहमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : २८


काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम बैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरुले गृहमन्त्री खगराज अधिकारीलाई कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापन पत्र लिएर गृहमन्त्रालय पुगेका जनसंगठनका प्रतिनिधिले प्रदेश सांसद बैद्यले प्रधानमन्त्रिको ज्यान सुरक्षा माथि धावा बोलेकोले फौजदारी कसुरमा मुद्दा चलाई कारबाही गर्न माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संबिधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताए।

सांसद बैद्य नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित जनप्रतिनिधि हुन।

सांसद बैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्री माथि नकारात्मक टिप्पणी गर्दै नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए।

सांसद बैद्यको टिप्पणीलाई सबैले निन्दा र भत्सर्ना गरे पछि उनले आत्मआलोचना गरि सक्नु भएको छ।

त्यस अघि नेपाली कांग्रेसले अभिव्यक्ति फिर्ता लिन सांसद बैद्यलाई निर्देशन नै दिएको थियो।


प्रतिक्रिया दिनुहोस्