नवनियुक्त मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै, मनाङेलाई मन्त्री बनाउने तयारी

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ७ : १७


काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएर पदमुक्त भएपछि बहुमत सांसदका हस्ताक्षरले पोखरेल आजमात्रै नियुक्त भएका हुन।

पोखरेलले नेपाली कांग्रेसबाट कुमार खड्का, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य, माओवादी केन्द्रबाट मधु अधिकारी र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्