पृथ्वीसुब्बाले नवनियुक्त मुख्यमन्त्री पोखरेललाई फोन गरेर दिए बधाई

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : ५९


काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन।

बहुमत सांसदको हस्ताक्षरका आधारमा प्रदेश प्रमुख सिता पौडलले काँग्रेस ससंदीय दलका नेता समेत रहेका पोखरेललाई नियक्ुती गरेकी हुन।

राजनीतिमा सक्रिय कृष्णचन्द्र २०७४ मा नवलपरासी १ ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।

मुख्यमन्त्री गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले आजै सपथ लिने तयारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्