नेपाली कांग्रेसको महाधिवेशन एक हप्ता पर सर्यो

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : १२


काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति सर्ने भएको छ।

शनिवार पार्टी सभापति निवाश बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले भदौ ७ देखि १० गते सम्म गर्ने भनेको महाधिवेशन ९ दिन पर सार्ने प्रस्ताव गरेको छ।

कोरोना संक्रमणको जोखिम सँगै पार्टीको क्रियाशील सदस्यको टुङ्गो लगाउन नसकिए पछि पुर्व घोषित मितिलाई ९ दिन पर सरिएको हो।

आजको पदाधिकारी बैठकले आगामी भदौ १६ गते देखि १९ गते सम्म महाधिवेशन गर्ने मिति केन्द्रिय समितिमा प्रस्ताव गर्ने निर्णय गरेको छ।

पदाधिकारी बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले महाधिवेशनको मिति सरे सँगै निर्वाचन केन्द्रित केन्द्रिय गतिविधि र जिल्ला नगरका अधिवेशनको पनि समय तालिका हेरफेर प्रस्ताव गरेको बताए।

यसअघि असार ६ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएकोछ।

गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ। त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ।

संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ।

पदाधिकारीले संसोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने हुने प्रस्ताव गरिएको छ।

कोभिड संक्रमणको जोखिम बढे सँगै नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको डिजिटल प्रविधि मार्फत गर्न सकिन्छ भनेर कांग्रेस समर्थित युवा बिद्यार्थी भन्दै आएका छन्।

कांग्रेसको केन्द्रिय तहको बैठकमा डिजिटल प्रविधि मार्फत महाधिवेशन गर्ने बारे कुनै छलफल नै भएको छैन।


प्रतिक्रिया दिनुहोस्