३,३८४ कोरोना संक्रमित थपिए, ६१ जनाको मृत्यु

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ४ : ४३


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ३ सय ८४ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो। ती मध्ये ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो।

पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

हाल आइसीयूमा रहेका विरामीको सङ्ख्या ११८९ रहेको छ भने भेन्टिलेटरमा ३६६ जना रहेको मन्त्रालयको तथ्याङ्क छ।

यस्तै, पछिल्लो २४ घण्टामा ६२९५ जना संक्रमणमुक्त भएका छन्।


प्रतिक्रिया दिनुहोस्