नरोत्तम वैद्यको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहँदा एमाले नेताले नै गरे समर्थन

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  २ : ५८


काठमाडौं । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका लागि कोहि नाथुराम गोड्से बन्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।

सो अभिव्यक्ति अराजक रहेको स्र्वीकार्दै वैद्यले माफी मागिसकेका छन्। सामाजिक सञ्जालमा वैद्यको चौतर्फी आलोचना भइरहँदा एमालेकै नेताले भने समर्थन गरेका छन्।

नेकपा एमाले (माधव पक्ष)का केन्द्रीय सदस्य मेटमणी चौधरीले वैद्यको प्रशंसा गरेका हुन्।

सामाजिक सञ्जालमा उनले यस्तो लेखेका छन्-

”माननीय नरोत्तमको अभिव्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो। नेपाली मनोविज्ञानलाई बागमती प्रदेशको रोस्टमबाट बोलिएको विषयमा धेरैले आलोचना गरिरहे पनि तीतो सत्य उजागर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु। यसैले उहाँले न माफी माग्नुपर्छ न त पश्चाताप१ बरू हामी शासक भनिनेहरू नै प्रणाली ध्वस्त गर्ने विषयमा ख्याल गरौ, संविधान मिचेकोमा पश्चाताप गरौं। अदालतले बेठीक ठहर गरेको विषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफी मागौं र आगामी दिनमा गल्ती नगर्ने विषमा प्रतिबद्धता जाहेर गरौं। अतः अब जनताहरूका मनोविज्ञान बुझौं, सोअनुसारको व्यवहार र आचारण देखाऔं। जनताहरूका मन जितौं, गुमेको साख उठाऔं। कसैसँग बदलाको भाव नराखौं। यसैमा हामी सबैको कल्याण हुन्छ।”


प्रतिक्रिया दिनुहोस्