अब त यो देशमा नै बस्न मन लागेन : ज्ञानेन्द्र शाही

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : ४७


सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । आक्रमण पछि शाहीले अब यो देशमा बस्नै मन नलागेको अभिव्यक्ति दिएका छन ।

शाही भन्छन्, ‘आफ्नो ज्यानको नै माया मारी कोभिड बाट लाखौँ नागरिक बचाउन लागिरहँदा पनि आफ्नो ज्यान बचाउन सकिएन सतीले सरापेको देश हो भन्थे हो रहेछ अब त यो देशमा नै बस्न मन लागेन ।’

‘मध्य राती सुर्खेतमा हामी माथि ज्यान मार्ने हमला भो ,राजेश महत ,कृष्ण पाण्डे ,तिलक बस्नेत , नितु खडका ,लोक बहादुर रोकाय ,शान्त शर्मा ,सीता आचार्य ,महेश बि।सि ,खगेन्द्र बजगाईँ को ज्यान बाल बाल बच्यो धन्यवाद भगवान् धन्यवाद शुभचिन्तक ।’


प्रतिक्रिया दिनुहोस्