गोड्से बन्छु भन्ने सांसदलाई काँग्रेसले दियो यस्तो निर्देशन !

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : ०३


नेपाली काँग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताए पछि काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रवार भाग लिँदै काँग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथु राम गोडेस् बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

शर्मा भन्छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र व्यवहार ञभावनात्मक उत्तेजनाझ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ! अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन।’

त्यसै गरी नेपाली काँग्रेसका युवा नेता गगन थापाले पनि यसमा आपत्ति जनाइ सकेका छन भने नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्र बानियाले अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएका छन ।

 


प्रतिक्रिया दिनुहोस्