‘प्रधानमन्त्रीकै हत्याको कुरा आउँदा देउवा, प्रचण्ड र माधव नेपाल किन मौन’ ?

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ९ : ३६


प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने सार्वजनिक अभिव्यक्ति आउँदा समकालीन राजनीतिज्ञहरु व्यक्तिगत र संस्थागत हिसाबले पनि मौन देखिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसमा आपत्ति जनाएका छन् ।

नेपाली काँग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका हुन । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रवार भाग लिँदै काँग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथु राम गोडेस् बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनु पर्ने भनाइ सल्लाहकार थापाको रहेको छ । उनले प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति मिसन वाला मिडियाले नसुनेको पनि बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्