‘कोरोना भाइरसले मधुमेह निम्त्याउँछ’

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : ५९


दुई वैज्ञानिक अध्ययनबाट कोभिड–१९ संक्रमितलाई चिन्तित बनाउने निष्कर्ष आएको छ। त्यो हो, कोरोना भाइरसले निमोनिया र अन्य स्वास्थ्य समस्यासँगै मधुमेह रोग पनि निम्त्याउँछ भन्ने। कोभिड–१९ का कारण सघन हिसाबले बिरामी भएकामा टाइप–१ मधुमेह देखिन्छ भन्ने रहस्य पत्ता लगाउन ती अध्ययन गरिएका थिए।

कोभिड–१९ बाट निको भएका अधिकांश बिरामीमा अन्य कुनै दीर्घकालीन समस्या नदेखिए पनि चिकित्सकले केही बिरामीमा मधुमेह रोग विकास भएको बताउँदै आएका थिए। यो विषयमा गरिएका ती दुई अध्ययनले मधुमेह हुनबाट बचाउने शरीरका कोषलाई कोरोना भाइरसले नष्ट गर्ने देखाएका छन्। कोरोना संक्रमण भइसकेपछि टाइप–१ मधुमेहमा शरीरले आवश्यक मात्रामा इन्सुलिनको उत्पादन गर्दैन भने टाइप–२ मा शरीरमा यथेष्ट इन्सुलिन भए पनि राम्रोसँग काम गर्न नसक्ने हुन्छ।

इन्सुलिनले शरीरका कोषलाई रगतमा चिनीको सही मात्रा प्रवाह गर्न सहयोग गर्छ। इन्सुलिनको उत्पादन घट्दा अथवा यसलाई बाधा पुर्‍याउँदा रगतमा चिनी र ग्लुकोजमा मात्रा अत्यधिक हुन जान्छ। ग्लुकोजको यो अध्यधिक मात्रा नै मधुमेहको प्रमुख कारक तत्व हो। ग्लुकोजको त्यो अत्यधिक मात्रालाई हाइपरग्लाइसेमिया पनि भनिन्छ। अमेरिकामा हुने कुल मृत्युको १० देखि १५ प्रतिशत हिस्सा मधुमेह रोगको छ।

सन् २०१७ मा ३ करोड ४२ लाख अमेरिकी यो रोगबाट ग्रसित थिए। मधुमेहका कुल रोगीमध्ये १६ लाखलाई टाइप–१ मधुमेह हुने गरेको र यो रोगअन्तर्गत अग्न्यासय ९प्याङक्रियाज० मा रहेका इन्सुलिन उत्पादन गर्ने बेटा कोष नष्ट हुने र इन्सुलिन उत्पादन प्रभावित हुने गर्दछ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

 


प्रतिक्रिया दिनुहोस्