ट्रम्पले टिकटकमाथि लगाएको प्रतिबन्ध बाइडेनद्वारा फुकुवा

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : ५९


वासिंगटन । अमेरिकाले भिडियो सेयरिंग एप टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

कोरोना महामारी विरुद्धको लडाई जारी रहँदा यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपमाथि प्रतिबन्ध लगाएका थिए।

हालका अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले टम्पकालीन सो कार्याकरी आदेश खारेज गर्दै चीन जस्ता विदेशी प्रतिद्धन्दीहरुको क्षेत्राधिकारमा पर्ने कम्पनीहरुले डिजाइन तथा विकास गरेका एपहरुको समीक्षा गर्ने निर्णय गरेको छ।

टिकटकसँगै विच्याटमाथिको प्रतिबन्ध पनि फुकुवा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्