भारतीय रक्षामन्त्रीद्वारा नेपाली भूमि हुँदै मानसरोवर जाने सडक निर्माण गर्ने टोलीको प्रसंशा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । भारतले नेपाली भूमि कालापानी लिपुलेक हुँदै मानसरोवर जाने सकडखण्ड बनाउने काम अझै रोकेको छैन।

भारतको उतराखण्ड राज्यको धार्चुला क्षेत्रबाट नेपालको सुदुरपश्चिम प्रदेशको दार्जुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको धार्मिकस्थल मानसरोवरमा पुग्ने बाटोको भारतीय रक्षामन्त्री राजनाथ सिंहले २०७७ वैशाख २६ गते दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेका थिए।

त्यसपछि सो कार्यको चौतर्फी विरोध भएको थियो। नेपालले आफ्नो पुरानो नक्सालाई संसोधन गर्दै कालपानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरिसकेको छ।

उता भारतले भने निर्माण कार्यलाई अझैपनि तिव्रता दिइरहेको छ। भारतीय रक्षामन्त्री सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत् सडकको निर्माण कार्यमा खटिने टोलीको प्रशंसा गरेका छन्।

उनले आफ्नो सम्बोधनमा भनेका छन्,‘पछिल्ला पाँच–सात वर्षमा बीआरओले उल्लेखनीय उपलब्धिहरु गर्‍यो। चाहे यो अटल टर्नेल रोहता, जस्ता नयाँ विश्वस्तरीय निर्माणको कार्यको थालनी होस्, कैलाश मानसरोवर यात्राको लागि नयाँ मार्ग निर्माण होस्, बीआरओले नयाँ रेकर्ड कायम गरेको छ।’


प्रतिक्रिया दिनुहोस्