ओलीको मन्त्रिपरिषद् विस्तार सत्तालिप्साको चरम बेथिति : भीम रावल

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषद् विस्तार गरेको प्रति आपत्ति जनाएका छन्।

बिहिबारमात्रै प्रधानमन्त्री अ‍ोलीले गृहमन्त्रालय, सञ्चारमन्त्रालय लगायत मन्त्रालयको नेतृत्वमा आफूनिकट र जसपाका नेताहरुलाई भित्र्याएका छन्।

यसअघि पनि मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्च अदालतमा मुद्धा विचाराधिन छ। मुद्धाबारे फैसला नभइसकेको अवस्थामा पनि प्रधानमन्त्रीले मन्त्री परिषद् विस्तार गर्नु भनेको सत्तालिप्साको चरम बेथिति भएको नेता रावलको ठहर छ।


प्रतिक्रिया दिनुहोस्