गायक श्रेष्ठले कोरोनालाई जिते, अस्पतालबाट डिस्चार्ज हुँदा नर्सहरुले गाए गीत (भिडियो)

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ७ : १७


काठमाडौं । बरिष्ठ गायक दीप श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्।

चर्चित रियालिटी शो ‘भ्वाईस अफ नेपाल’का जज समेत रहेका श्रेष्ठ १६ दिनपछि डिस्चार्ज भएका हुन्।

संक्रमणका कारण गम्भीर बिरामी भएपछि श्रेष्ठ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए।

गायक श्रेष्ठ संक्रमणमुक्त भपछि अस्पतालले बिहीबार दिउँसो डिस्चार्ज गरेको हो।

भ्वाइस आफ नेपालकै अर्का जज तथा गायक प्रमोद खरेलले दीप श्रेष्ठलाई बिदाइ गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा राखेका छन्।

अस्पतालबाट बिदा हुँदा नर्सहरुले गीत समेत गाएका छन्।


प्रतिक्रिया दिनुहोस्