आदेश पुनरावलोकनका लागि एमाले सर्वोच्च अदालत जाने

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : ३५


काठमाडौं । नेकपा एमाले सर्वोच्च अदालमा पुनरावलोकनका लागि जाने भएको छ।

बिहिबार सर्वोच्चले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता नदिने आदेश जारी गरेको थियो।

सो आदेश विरुद्ध एमाले पुनरावलोकनमा जाने भएको हो।

दशौं महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासन गरेकामा बिहीबार सर्वोच्च अदालतले मान्य नहुने आदेश दिएपछि एमालेको संस्थापन पक्ष पुनरावलोकनमा जान लागेको हो।

आन्तरिम आदेशविरुद्ध पुनरावलोकनका लागि जाने तयारी भैरहेको एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले फ्लोर क्रस गर्ने सांसदलाई पुर्नबहाली गर्न आदेश दिँदै महाधिवेशन आयोजक समितिले कारबाही अवैध रहेको ठहर गरेको थियो।

एमालेको संस्थापन पक्षले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई सहयोग गरेको आरोपमा माधव नेपाल समुहका चार सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढालाई निष्काशन गरेको थियो। अदालतको आदेशसँगै उनीहरु पुर्नबहाली भएका छन्।


प्रतिक्रिया दिनुहोस्