यो व्यवस्था असफल पार्ने ठूलो चलखेल हुदैछ, सचेत बनौं : बाबुराम

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले वर्तमान व्यवस्था नै ढाल्ने गरि षडयन्त्र भइरहेको बताएका छन।

आज संसद भवन नयाँ बानेश्वरमा सभामुखसँगको छलफल पछि पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रियता र लोकतन्त्रमाथि गम्भीर संकट रहेको दोहोर्‍याए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई मन नपराउने आन्तरिक र बाह्य तप्काले यहाँको अहिलेको कचिंगलमा खेलेर देशलाई गलत दिशातिर मोड्ने प्रयत्न भइरहेको बताए।

संविधान नै उल्टाइदिने, व्यवस्थै उल्टाइदिने प्रयत्न भइरहेको भन्दै उनले त्यो गरियो भने सबै उपलब्धि जाने बताए।

हालै एक टेलिभिजनसँगको कुराकानीमा डा.भट्टराईले आफ्नो जिवनमा बैशाख १३ गतेको मध्यराति गम्भीर घटना आइपरेको बताएका थिए।

सो बारे प्रधानमन्त्री ओलीलाई मध्यरातिनै जानकारी गराएको तर अ‍ोलीले सो कुराको वास्ता नगरेको डा भट्टराईको भनाई थियो।


प्रतिक्रिया दिनुहोस्